PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : जबरजस्ती फसाउन खोजियो



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरणबारे ओली : जबरजस्ती फसाउन खोजियो
फोटो : केपी ओलीको सचिवालय

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरु आरोपी मात्रै भएको बताएका छन्। उनले आरोप लाग्दैमा दोषी भन्न नमिल्ने बताए।

पार्टी कार्यालय च्यासलमा सुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले अहिले उक्त प्रकरणमा नाम जोडिएकाहरुमाथि आशंका मात्रै गर्न मिल्ने बताए।

‘जबसम्म मानिस दोषी करार हुँदैन दोषी रहेछ कि भनेर आशंका गर्न सकिन्छ। दोषी नै भनेर करार गर्न सक्दैनौं,’ ओलीले भने।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा जबरजस्ती फसाउन खोजिएको आरोप उनले लगाए।

‘कहीँ कतै फसाउने सन्दर्भमा कता-कता लाने त्यतातिर लान खोजिँदै छ। अन्त धकेल्न खोज्ने, बलजफती मोडेर सुई देखाउन खोज्ने प्रयास हुँदैछ,’ ओलीले भने।

एमाले सचिव टोपबहादुर रायमाझीको नाम पनि नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएपछि उनी फरार छन्। यद्यपि, एमालेले यो प्रकरणको छिनोफानो नभएसम्मको लागि रायमाझीलाई निलम्बन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell