PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

टोपबहादुर रायमाझी हिजै प्रहरीसमक्ष हाजिर हुनुहुन्छ भन्ने सुनेको थिएँ : ओली



पहिलोपोस्ट

टोपबहादुर रायमाझी हिजै प्रहरीसमक्ष हाजिर हुनुहुन्छ भन्ने सुनेको थिएँ : ओली
फोटो : केपी ओलीको सचिवालय

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीले हिजै प्रहरीसमक्ष उपस्थित हुने बताएको दाबी गरेका छन्। सरकारी स्रोतले नै रायमाझी हिजो हाजिर हुने जानकारी पाएको ओलीले बताए।

‘हिजो उहाँ आउनुहुन्छ भन्ने सुनेको थिएँ सरकारी स्रोतबाटै तर उहाँ किन आउनु भएन थाहा छैन,’ ओलीले भने।

केन्द्रीय कमिटीको बैठकलाई पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले सुरुमा प्रहरीले अभद्र व्यवहार गर्न खोजेपछि सोझै अदालतमा रायमाझी उपस्थित हुन खोजेको बताए।

उनले भने, ‘प्रहरीले अभद्र व्यवहार गर्न खोजेपछि अदालतमा उपस्थिति हुनुहुन्छ भन्ने थियो।’

ओलीले रायमाझी फरार रहेकोमा पार्टीले राज्यका निकायमा उपस्थित हुन निर्देशन दिइसकेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओलीले भ्रष्टाचारविरुद्धको लडाइँ सुरु भएको भन्ने अभिव्यक्ति दिनुअघि आफ्नो अनुहार ऐनामा हेर्न अनुरोध गरेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्य तथ्य छानबिन हुनुपर्ने ओलीको भनाइ छ।

‘अब केही दिन बाँकी छ। अनावश्यक हर्कत बन्द होस्। यस केसको सही सही छानबिन होस्। राजनीतिक फण्डा बनाउन खोज्ने, अहिले आफ्ना कार्यकर्ता परिचालन गरेर भ्रष्टाचारविरुद्ध मेरो लडाइँ सुरु भएको छ भन्ने गफ दिनुभन्दा अगाडि ऐन हुर्नु,’ ओलीको भनाइ छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नगद समाउनेलाई पक्राउ नगरेको तर रायमाझीलाई समाउन खोजेकोबाट आफू आश्चार्य चकित भएको ओलीले बताए।

‘खास सोझै पैसा समाउनेहरुलाई छोड्ने र टोपबहादुरलाई पक्राउ पूर्जी जारी गर्ने किन होला?’ ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell