PahiloPost

May 24, 2026 | १० जेठ २०८३

पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने



पहिलोपोस्ट

पोखरामा 'ड्रयागन बोट रेस फेस्टिबल' आयोजना हुने
चीनमा आयोजित 'ड्रयागन बोट रेस फेस्टिबल'। FILE PHOTO : XINHUA

काठमाडौं : पोखरामा ‘ड्रयागन बोट रेस फेस्टिबल’ आयोजना गर्न लागिएको छ। पोखरा महानगरपालिका र काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा उक्त महोत्सव हुन लागेको हो।

महोत्सव आगामी असार ८ गतेदेखि दुई दिनसम्म संचालन हुनेछ। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी र दूतावासका डेपुटी चिफ अफ मिसन (डिसिएम) वाङ शिनले आ–आफ्नो संस्थाको तर्फबाट महोत्सव आयोजना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन्। त्यस्तै, पोखरा पर्यटन परिषद् र नेपाल–चाइना ओभरसिज एसोसिएसन महोत्सवको सहआयोजक रहेको बताइएको छ।

प्रतियोगितामा चीनबाट ल्याइएका विशेष डिजाइनका ‘ड्रागन थिम’ सम्बन्धी आठ वटा डुङ्गालाई सहभागी गराइने छ। नेपालका सातै प्रदेशका प्रतियोगिहरुले भाग लिने र पोखरामा हुन लागेको उक्त महोत्सव दक्षिण एसियामै पहिलोपटक आयोजना गर्न लागिएको जनाइएको छ।

चिनियाँ दूतावासले भनेको छ, ‘चिनियाँ पर्यटकको रोजाइको गन्तव्य पोखरा ड्रागन बोट रेस फेस्टिबल आयोजना गर्ने दक्षिण एसियाकै पहिलो शहर हुनेछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell