PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

फुङ्लिङ फाइबर केबल जलेर क्षति भएपछि मोबाइल र इन्टरनेट सेवा प्रभावित



पहिलोपोस्ट

 फुङ्लिङ फाइबर केबल जलेर क्षति भएपछि  मोबाइल र इन्टरनेट सेवा प्रभावित
फाइल फोटो

ताप्लेजुङ : आगलागीका कारण जिल्लामा मोबाइल र इन्टरनेट सेवा प्रभावित भएको छ। गएराति फुङ्लिङ नगरपालिकास्थित ल्याङ्बा क्षेत्रमा भएको आगलागीले इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डस्ले जडान गरेको फाइबर केबल जलेपछि मोबाईल फोन र इन्टरनेट दुवै सेवा प्रभावित बनेको हो।

टेकमाइन्डस्को फाइबर केबल नेपाल टेलिकमलेसमेत प्रयोग गरिरहेकाले मोबाइल सेवासमेत प्रभावित भएको नेपाल टेलिकम ताप्लेजुङले जनाएको छ। रेडियो लिङ्कबाट ‘व्यान्डविथ न्युन’ भएकाले टेलिकमको बसेवा प्रभावित बनेको जनाइएको छ। टेकमाइन्डस्को सेवा भने पूर्णरुपमा अवरुद्ध भएको छ।

आगलागीले करिब पाँच सय मिटर फाइबर केबल जलेर नष्ट भएको नव दुर्गा इन्टरनेट सर्भिस प्रालीका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए। जलेको तार निकालेर नयाँ तार जडानको कार्य भइरहेको उनको भनाइ छ। टेलिकमको मोबाइल र इन्टरनेट दुवै सेवा आंशिकरुपमा र टेकमाइन्डस्को सेवा पूर्णरुपमा अवरुद्ध हुँदा सेवाग्राही भने मारमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell