हेटौंडाः कांग्रेस नेतृ आरजु राणाले नेपालमा महिलामैत्री वातावरण नभएको बताएकी छिन्। हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगले गरेको कार्यक्रममा राणाले कुनै पनि ठाउँमा महिलामैत्री वातावरण नभएको बताएकी हुन्।
‘काहीँ पनि महिलामैत्री वातावरण छैन। चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस् जहाँ पनि। यो भन्दैमा महिलाहरु डराएर आफूलाई लुकाएर राख्ने होइन,’ उनले भनिन्।
प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अन्तर्गत बालिका, किशोरी र महिला लक्षित कार्यक्रम बनाउनुपर्नेमा जोड दिँदै नेतृ राणाले सरकारले बनाएका योजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्न सके सफलता पाइने बताइन्। शिक्षामा जोड दिए महिला सशक्तिकरण सवल बन्ने उनको भनाई छ। दिगो विकासको लक्ष्य पूरा गर्न प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने उनले बताइन्।