PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो



पहिलोपोस्ट

दैलेख डढेलोमा एकको मृत्यु, चारलाई थप उपचारका लागि काठमाडौँ लगियो

दैलेख : आठबीस नगरपालिका-६, माल्या बुडा पहाडा सामुदायिक वनमा लागेको डढेलोमा परी गम्भीर घाइते भएका चार जनालाई बाँकेमा उपचारका लागि ल्याइएको थियो। तर उनीहरूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बिहीबार दिउँसो काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए। 

काठमाडौं रिफर गरिएकामध्ये नवीन विक, नैनी विक, बसुन्धरा विक र जैकला विक छन्। बुधबार आगलागीमा परेका १० जनामध्ये आठ जनालाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइएकामध्ये भैरव विकको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भइसकेको अस्पतालले जनाएको छ।

अहिले नेपालगञ्जमा तीन जना उपचार भइरहेको छ। भेरी अस्पतालमा एकजना र मेडिकल कलेजमा दुई जनाको उपचार भइरहेको छ। प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत बाटोमा काम गरिरहेका १० जना दैलेख जिल्लाको आठबिस–६ मा रहेको जङ्गलमा लागेको आगोमा परेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell