PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

यस्तो छ आजको मौसम पूर्वानुमान



पहिलोपोस्ट

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं : आज बिहान देशभर  स्थानीय वायुको सामान्य प्रभाव रहेको र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो  कोशी प्रदेश र मधेश प्रदेशका साथै वाग्मती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी प्रदेशका साथै वाग्मती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति  कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell