PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

रोल्पामा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते



पहिलोपोस्ट

रोल्पामा ट्रयाक्टर दुर्घटना : एकजनाको मृत्यु, सातजना घाइते
प्रतिकात्मक तस्विर

काठमाडौं : रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनमा परि मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–५ सर्कनाका १३ वर्षीय खेमराज रोका रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सारुमगरका अनुसार रा१त ३८८१ नम्बरको ट्र्याक्टर गए राति लुङ्ग्री गाउँपालिकाको मछेटीमा दुर्घटना भएको थियो। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

लुङ्ग्रीको दोमैमा सडक निर्माणमा खटिएका कामदार काम सकेर बास बस्नका लागि किलाचौरतर्फ जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएका मजदुरको प्राथमिक स्वास्थ्यचौकी सुलीचौरमा उपचार भइरहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell