PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनहरुमाथि आज समूहगत छलफल हुने



रासस

एमाले केन्द्रीय कमिटी बैठक : प्रतिवेदनहरुमाथि आज समूहगत छलफल हुने

काठमाडौं : नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक शुक्रवार पनि बस्दै छ। शुक्रवारको बैठकमा पनि बिहीवार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने छ।

बिहीवार पार्टी अध्यक्ष केपी शर्मा ओली, चार निकाय र नौ प्रदेश कमिटीले छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए। एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीवार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ।

आठ समूहमा केन्द्रीय सदस्यले छुट्टाछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन्। सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ।

समूहगत छलफलबाट आउने निष्कर्षलाई आधार मानेर प्रदेश कमिटी अध्यक्षले शुक्रवार नै वार्षिक कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जारी बैठक यही बैशाख ३० गतेसम्म चल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell