PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ट्वीटरको सिईओ बन्ने ‘फुलिस’ व्यक्ति भेटाए मस्कले



पहिलोपोस्ट

ट्वीटरको सिईओ बन्ने ‘फुलिस’ व्यक्ति भेटाए मस्कले
Photo : CNN

इलन मस्क ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)बाट हट्ने भएका छन्। अब ट्वीटरको सिईओमा एक महिला हुने र उनले आउने ६ हप्ताका कार्यभार सम्हाल्ने मस्कले बताएका छन्। यद्यपि, मस्कले ती महिलाको नाम भने खुलाएका छैनन्।

मस्कले सन् २०२२ को डिसेम्बरमा नै सीईओ पदबाट राजीनामा दिने बताएका थिए। मस्कले त्यतिबेला ट्वीटर प्रयोगकर्ताहरुलाई आफू कम्पनीको सीईओ बनिरहन हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका थिए।ट्वीरमा भएको 'पोल' मा ५७.५ प्रतिशतले सीईओबाट हट्नुपर्छ भन्नेमा मत दिएका थिए भने ४२.५ प्रतिशतले राजीनामा दिनुहुन्न भन्नेमा मत दिएका थिए।

मस्कले सर्वेक्षणबाट आउने नतिजालाई मान्ने बताउँदै राजीनामा दिने बताएका थिए। तर, उनले ट्वीटर सम्हाल्ने नयाँ व्यक्ति भनेपछि राजीनामा दिने बताएका थिए।

'यो काम गर्न 'फुलिस'व्यक्ति भेटेपछि म सीईओ पदबाट राजीनामा दिनेछु!,' उनले भनेका थिए।

अन्तत: करिब ४ महिनापछि मस्कले ट्वीटर सम्हाल्ने ‘फुलिस’ व्यक्ति भेटेका छन्। अब मस्कले ट्वीटरको कार्यकारी अध्यक्ष र चिफ टेक्निकल अफिसरका रुपमा  सफ्टवेयर र सर्भर टिमसँग काम गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell