PahiloPost

May 13, 2025 | ३० बैशाख २०८२

नक्कली शरणार्थी प्रकरणबारे छानबिनमा प्रहरीलाई सहयोग गरौं : प्रकाशमान सिंह



पहिलोपोस्ट

नक्कली शरणार्थी प्रकरणबारे छानबिनमा प्रहरीलाई सहयोग गरौं : प्रकाशमान सिंह

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। उनले यो प्रकरणले राजनीतिमाथि नै थुप्रै प्रश्न उठेकोले छानबिनलाई कहिँकतैबाट प्रभावित बनाउने प्रयास हुन नहुने बताएका छन्।

'कानुनको सर्वमान्य सिद्धान्त हो– दोषीहरू नछुटुन्, निर्दोषहरु नपरून्। कानुनको नजरमा सबै समान छन् र दोषीले उन्मुक्ति पाउँदैनन्, निर्दोष फस्दैनन् भन्ने नजिर बन्ने गरी नक्कली भुटानी शरणार्थी प्रकरणको निर्क्योल हुन सकोस्,' उनले भनेका छन्।

सिंहले प्रहरीले स्वतन्त्र ढंगले अनुसन्धान गर्न पाउनुपर्ने पनि बताएका छन्।

'यसलाई कुनै पनि बहानामा राजनीतिकरण नगरियोस्। यसमा संलग्न व्यक्ति जोसुकै र जुनसुकै दलको भए पनि छानबिनको दायरामा ल्याउन प्रहरीलाई सहयोग गरौं,' उनले भने।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा संलग्न भएको भन्दै प्रहरीले हालसम्म १२ जनालाई पक्राउ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell