PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

चार सातामा 'जारी' ले कमायो १७ करोड



पहिलोपोस्ट

चार सातामा 'जारी' ले कमायो १७ करोड

काठमाडौं : उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी’ ले नेपालभरि १७ करोडको व्यापार गरेको छ। वैशाख १ गतेबाट रिलिज भएको फिल्मले चारसातामा १७ करोड 'कलेक्सन' गरेको वितरक मनोज राठीले जानकारी दिए।

‘जारीले घरेलु बक्सअफिसमा १७ करोड कमाएको छ। अझै पनि धेरै मल्टिप्लेक्सहरुले यस फिल्मलाई शो उपलब्ध गराएका छन्,’ राठीले भने।

दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ आजबाट पाँचौं सातामा प्रवेश गरेको छ। ‘जारी’ ले आक्रामक व्यापार गर्दा यसैमहिना रिलिज भएका अन्य नेपाली फिल्मले भने लगानी समेत उठाउन सकेनन्।

रामबाबु गुरुङको लगानी रहेको फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, प्रेम सुब्बा, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङको समेत अभिनय छ। फिल्मको कथा लिम्बु समुदायको जारी प्रथामा आधारित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell