काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही बैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन्।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारासहित हुन लागेको उक्त सम्मेलनमा उनले यही बैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन्। उनी बैशााख ३१ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस