PahiloPost

Mar 10, 2026 | २६ फागुन २०८२

बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए



रासस

बाह्र दिनदेखि हराएका गुरुङ मृत भेटिए

डुम्रे : तनहुँमा एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। गत बैशाख १७ गतेदेखि हराइरहेका तनहुँको व्यास नगरपालिका-९ गजौडेका ५९ वर्षीय सुरेश कुमार गुरुङ मृत अवस्थामा भेटिएका हुन्।

गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए। गुरुङ बिहीवार दिउँसो मृत अवस्थामा भेटिएका हुन्।

बाह्र दिनअघि सोही सामुदायिक वनमा घाँस काट्न जान्छु भनी हिँडेका गुरुङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट खटिएको कुकुरसहितको प्राविधिक टोलीले खोज तलास गर्दा पनि फेला पार्न सकेको थिएन। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell