काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको दाबी गरेका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेकोले उक्त विधेयक निस्क्रिय भैसकेकोसमेत दाबी गरेका छन्।
'तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित छ,' थापाले ट्वीटमा भनेका छन्, 'उक्त विधेयक निस्क्रिय भैसकेको छ। आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ।'
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानकाे भावना विपरित छ।साे विधेयक निस्क्रिय भैसकेकाे छ।आवश्यक भए सरकारले नयाँ विधेयक संसदमा पेश गर्नुपर्छ
— Kamal Thapa (@KTnepal) May 12, 2023
उक्त नागरिकता विधेयक सत्ता गठबन्धनले जस्ताको तस्तै पारित गराउन चाहिरहेको अवस्थामा राष्ट्रपति पौडेलले कानुनविद्हरुसँग तारन्तार छलफल अघि बढाएका हुन्। कानुनविद्हरुसँग राष्ट्रपतिले दुई दुई पटक फिर्ता भएको विधेयक पारित गर्न मिल्ने कि नमिल्ने भन्दै कानुनविद्हरुसँग प्रश्नसमेत गरेका छन्।