PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई



पहिलोपोस्ट

राक्सिराङको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई

हेटौंडा : मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका-३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ। पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो।

शुक्रबार एक कार्यक्रमकाबीच वाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको हो। अंग्रेजी माध्यमबाट पढाईको उदघाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र संघीयताले शिक्षाको विकासमा ठूलो योगदान पुगेको बताए। शिक्षाले गाउँगाउँमा धेरै फड्को मारिरहेको उल्लेख गर्दै उनले अवस्था र व्यवस्था चुस्तदुरुस्त बनाउन तथा विकास निर्माणमा फड्को मार्नसमेत शिक्षा अपरिहार्य रहेको बताए। 

शिक्षामा सुधार तथा विद्यालयको भवन निर्माण तथा शैक्षिक सामाग्रीका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज घलानको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, वडाध्यक्ष उत्तम वाईबा, जनप्रिय प्राविका प्रअ बलराम शाह ठकुरी, विद्यालयका प्रधानाध्यापक सिताराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए। 

६ सय जना विद्यार्थी रहेको सूर्यदय माविमा ९ र १० कक्षामा बाली विज्ञान अध्ययन हुने गर्दछ। हाल ८० जनाले बाली विज्ञान अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell