पोखरा : गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा बनेको सरकारमा शुक्रवार चार मन्त्री थपिएका हुन्।
यसअघि सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा र उर्जा तथा जलस्रोतमा सरस्वती अर्याल तिवारी मन्त्री नियुक्त भएका थिए। शुक्रवार कृषिमन्त्रीमा महेन्द्रध्वज जिसी, पर्यटनमन्त्रीमा बागलुङका दिपेन्द्र बहादुर थापा, आर्थिक मामिलामन्त्रीमा जीतप्रकाश आले मगर र भौतिक पूर्वाधार विकासमन्त्रीमा रेशम बहादुर जुग्जाजलि नियुक्त भएका छन्।
गण्डकीका नवनियुक्त मन्त्रीले शुक्रवार सपथ लिएका छन्। ७ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित कांग्रेसको भागमा ५ र माओवादी केन्द्रको भागमा दुई मन्त्रालय परेको छ।