PahiloPost

Jun 15, 2026 | १ असार २०८३

सवारी लाइसेन्सको म्याद दश वर्ष बनाउने सरकारको प्रस्ताव



पहिलोपोस्ट

सवारी लाइसेन्सको म्याद दश वर्ष बनाउने सरकारको प्रस्ताव

काठमाडौंः सरकारले सवारी साधन सञ्चालन इजाजतपत्र (लाइसेन्स) को अवधि दश वर्ष बनाउने प्रस्ताव गरेको छ। सवारी तथा यातायात व्यवस्था ऐन संशोधनको प्रस्ताव गर्दै सरकारले यो व्यवस्था प्रस्ताव गरेको हो। 

सरकारले केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको हो। 

लाइसेन्सको अवधि पाँच वर्षको अवधिलाई संशोधन विधेयकले दश वर्ष बनाउन प्रस्ताव गरेको हो। नवीकरणको हकमा पनि दश वर्ष नै अवधि राख्न विधेयकमा प्रस्ताव गरिएको छ। 

अहिले लाइसेन्स नवीकरणको अवधि पाँच वर्ष तोकिएको छ । 

विधेयकले सवारी साधनको प्रदूषण जाँचपासको अवधि पनि हेरफेरको प्रस्ताव गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell