PahiloPost

May 15, 2024 | २ जेठ २०८१

रेलिगेशनको संघर्ष: संकटामाथिको जितले पुलिसलाई राहत, दुई गोलको अग्रता बनाएर पनि खुमलटार न्युरोडसँग पराजित



पहिलोपोस्ट

रेलिगेशनको संघर्ष: संकटामाथिको जितले पुलिसलाई राहत, दुई गोलको अग्रता बनाएर पनि खुमलटार न्युरोडसँग पराजित
तस्बीर: एन्फा

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत शुक्रवार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लिगमा रेलिगेशन क्षेत्रमा संघर्ष गरेको पुलिसले संकटा क्लबलाई २-१ गोलअन्तरले हराउँदै राहत महसुस गरेको हो।

खेलको ८ औँ मिनेटमा मोसेस ट्वुमको गोलमा पुलिसले अग्रता बनाएको थियो। तर, २३ औँ मिनेटमा निशान खड्काले गोल फर्काउँदै संकटा क्लबलाई बराबरीमा फर्काए। पुलिसको जितमा निर्णायक गोल मोहम्मद आशिकले ७९ औँ मिनेटमा गरे।

त्यस्तै शुक्रवार नै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मर्स्याङदी क्लब र हिमालयन शेर्पा क्लब १-१ गोलको बराबरीमा रोकिए। १३ औँ मिनेटमा मनाङले निरञ्जन धामीको गोलमा पुलिसले अग्रता बनाएको थियो। तर, ३५ औँ मिनेटमा अबयोमी फाकुन्लेले गोल फर्काउँदा खेल पहिलो हाफमै १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा दुबै टोलीले गोल थप्न नसक्दा खेल बराबरीमा रोकियो।

त्यस्तै शुक्रवार सम्पन्न तेस्रो खेलमा न्युरोड टिम (एनआरटी)ले खुमलटार एफसीलाई ३-२ गोलअन्तरले हरायो। पहिलो हाफमा दुई गोलले पछि परेको न्युरोडले दोस्रो हाफमा तीन गोल थप्दै सानदार पुनरागमन जित निकालेको हो।

खेलको ३१ औँ मिनेटमा स्टेफेन बिनोङको गोलमा अग्रता बनाएको खुमलटारका लागि दोस्रो गोल ३९ औँ मिनेटमा राजीव लोप्चनले गरेका थिए।

दोस्रो हाफमा एनआरटीले उत्कएष्ट पुनरागमन गर्न सफल भयो। खेलको ६२ औँ मिनेटमा विक्रम धिमालले एनआरटीको खाता खोलेका थिए। दुई मिनेट नबित्तदै खुमलटारका देव लिम्बूले आत्मघाती गोल फर्काउँदा खेल २-२ को बराबरीमा पुग्यो। एनआरटीको जितमा तेस्रो गोल निकोलस सङले ८३ औँ मिनेटमा गरे।

योसँगै रेलिगेशनको ब्याटल थप रोमान्चक बन्दै गएको छ। १७ खेलबाट १७ अंक जोडेको खुमलटार तालिकाको पुछारमा छ भने १९ अंक जोडेर पुलिसले रेलिगेशन क्षेत्र छाडेको छ। समान १९ अंक जोडेको फ्रेन्ड्स क्लब भने रेलिगेशन क्षेत्रमा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell