PahiloPost

Jul 3, 2024 | २० असार २०८१

खेत खनेर गाडिएको अवस्थामा ६ वर्षपछि २० क्विन्टल छड बरामद, पुलका चौकीदार पक्राउ



पहिलोपोस्ट

खेत खनेर गाडिएको अवस्थामा ६ वर्षपछि २० क्विन्टल छड बरामद, पुलका चौकीदार पक्राउ

वीरगंज : पर्सा प्रहरीले ६ वर्षअघि चोरी गरेर खेतमा लुकाइएको अवस्थामा २० क्विन्टल फलामको डन्डी बरामद गरेको छ। प्रहरी चौकी मिलनचोकले २० क्विन्टल छडसहित एकजना स्थानीयलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ३१ स्थित बेलवा-मुसौली खण्डको बिचमा पर्ने भेडाहा खोलाको पुल ६ वर्षअघि निर्माणको क्रममा पप्पु/समा कन्स्ट्रक्सनका चौकीदार ५५ वर्षीय हबिब मियाँ अन्सारीले करिब २० क्विन्टल छड चोरेर आफ्नो खेतमा लुकाएका थिए। सो छड बिहीवार राति ८ बजे स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए।

मियाँले आफ्नो भतिजामार्फत रातिको समयमा खेतमा लुकाएको छड माटो खनेर निकाल्ने क्रममा सो दृश्य देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले मियाँको खेतबाट २० क्विन्टल अर्थात एक ट्र्याक्टर छड बरामद गरेर मियाँलाई पनि पक्राउ गरेको र आवश्यक  अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रम शाहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell