PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

नुवाकोटका माइलाकै शैलीमा मोरङका माझी 'हाइटेन्सन'मा, शर्त पूरा नगरे नओर्लिने चेतावनी



पहिलोपोस्ट

नुवाकोटका माइलाकै शैलीमा मोरङका माझी 'हाइटेन्सन'मा, शर्त पूरा नगरे नओर्लिने चेतावनी

काठमाडौं : मोरङका एक युवक बिजुलीको 'हाइटेन्सन' पोलमा चढेका छन्। शनिवार बिहान मोरङ बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का ४० वर्षीय दिनेशकुमार माझी बिजुलीको हाइ भोल्टेज विद्युत प्रवाह हुने पोलमा चढेका हुन्। बुढीगंगा गाउँपालिकामा सडक रिटेनिङ वालको काम तत्काल रोक्नुपर्ने माग गर्दै उनी पोलमा चढेका हुन्।

उनलाई स्थानीय र प्रहरीले पोलबाट ओर्लिन आग्रह गरे पनि उनले मानेका छैनन्। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आएर आफ्नो माग पुरा गर्ने प्रतिबद्धता गरेमात्र उत्रिने बताएका छन्। 'अध्यक्ष उपाध्यक्षलगायत तीन जना आएर माग पुरा गर्नुपर्‍यो,' पोलमा चढेका युवक माझीले भने।

बिहान ८ बजेदेखि उनी पोलमा चढेको बुढीगंगा गाउँपालिका वडा नम्बर ७ का पंकज चौधरी थारुले जानकारी दिए। प्रहरीको टोली घटनास्थलमा पुगिसकेको छ। सबैले आह्वान गर्दा पनि उनी ओर्लिन नमानेको वडाध्यक्ष चौधरीले बताए।

'समितिमा आफूलाई नराखेको भन्दै पोलमा चढेको बताएको छ। खै के भन्नु यस्तोलाई,' वडाध्यक्ष चौधरीले भने।

वडाध्यक्ष चौधरीका अनुसार माझी केही समय अगाडिमात्र भगौडा भएर सजाय भोगेर आएका व्यक्ति हुन्। गत जेठको २८ गते नुवाकोटको ककनी गाउँपालिका ७ मा रहेको बिजुलीको पोलमा एक युवक यसरी नै हिँडेका थिए। बेलकोटगढी नगरपालिका १३ घले गाउँ बस्ने ४५ वर्षीय माइला विकलाई ६ घण्टा भन्दा बढी समयपछि नेपाली सेनाको टोलीले उद्धार गरेको थियो। उनी पोलमा चढ्दा ६ घण्टा बढी विद्युत अवरुद्ध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell