PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक



पहिलोपोस्ट

देवव्रतको 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक

काठमाडौं : कवि देवव्रतको कवितासंग्रह 'अश्वत्थामाको निधारबाट बागमती बग्छ' सार्वजनिक भएको छ। शनिवार काठमाडौंको सर्वनाम थिएटरमा कवि श्रवण मुकारुङ, निबन्धकार दीपक सापकोटा र लेखक वन्दना ढकालले संग्रहको विमोचन भएको हो।

'पछिल्लो पुस्तामा नयाँ शैलीमा लेख्ने कविहरू छन्। त्यसमध्ये देवव्रत पुगेका छन्। यो संग्रहमा मैले असाध्यै इन्जोय गरेका कविता छन्। कतिपय कविता पढ्दा ईर्श्या पनि लाग्यो। उनका प्रत्येक कविता पढ्दा संगीत गुन्गुनाए जस्तो छ,' कार्यक्रममा कवि मुकारुङले भने।

यस्तै, निबन्धकार सापकोटाले  भने, 'देवव्रतका कवितामा उसको उपस्थिति टाढाबाट देखिने गुलमोहर जस्तो छ।' 

कार्यक्रममा देवव्रतका शीर्ष कविता वाचन गरिएको थियो। संग्रहलाई इन्डिगो इन्कले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell