PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित



पहिलोपोस्ट

हुम्ला पूर्ण खोप सुनिश्चित घोषित
FILE PHOTO

काठमाडौं : हुम्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषित भएको छ। शनिवार स्वास्थ्य सेवा कार्यालयको आयोजनामा एक कार्यक्रमबीच ७१औँ जिल्लाका रुपमा पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

हुम्लाका सात स्थानीय तहका ४४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख प्रेम सिंहले जानकारी दिए। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन्।

यसअघि जिल्लाका सात वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेका छन्। सातवटै पालिकापछि जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell