PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

विश्वकप विजेता गोलकिपर मार्टिनेज भारतको कोलकत्ता आउने



पहिलोपोस्ट

विश्वकप विजेता गोलकिपर मार्टिनेज भारतको कोलकत्ता आउने
Getty Images

अर्जेन्टिनालाई फिफा विश्वकपको उपाधि जिताउने गोलकिपर इमिलियानो मार्टिनेज भारत आउने भएका छन्। जुन महिनाको अन्त्यमा वा जुलाईको सुरुवातमा दुई दिनको लागि उनी भारतको कोलकाता आउने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यसअघि ब्राजिलका दिग्गज पेले र अर्जेन्टिनाका डिएगो म्याराडोनालाई कोलकाता ल्याउनमा मुख्य भूमिका खेलेका शत्रु दत्तले भने, 'सहमति भइसकेको छ, कार्यक्रम मात्र टुंग्याउन बाँकी छ।'

उनले कोलकातामा रहेको अर्जेन्टिना टोलीका सबै समर्थकका लागि यो खुसीको खबर भएको बताएका छन्।

लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीलाई विश्वकप जिताउन मार्टिनेजको ठूलो भूमिका थियो। उनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्स विरुद्धको दुई पेनाल्टी बचाएका थिए भने यसबाहेक उनले फाइनल खेलमा फ्रान्सविरुद्धको दुई पेनाल्टी पनि बचाएका थिए।

च्याम्पियन बनेपछि उनको सेलिब्रेसनको तरिकालाई लिएर विवाद भएको थियो। उनी विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। ३० वर्षीय मार्टिनेज इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाबाट खेल्छन्। उनी २०२१ कोपा अमेरिकामा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए, जुन अर्जेन्टिनाले जितेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell