A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699787402fd669.21063095): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699787402fd669.21063095,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69978740301b21.85061830): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69978740301b21.85061830,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6997874033d3c2.31705645): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6997874033d3c2.31705645,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

हलको शो बाँडफाँडमा 'हल्कारा' का निर्देशकको असन्तुष्टि
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

हलको शो बाँडफाँडमा 'हल्कारा' का निर्देशकको असन्तुष्टि



पहिलोपोस्ट

हलको शो बाँडफाँडमा 'हल्कारा' का निर्देशकको असन्तुष्टि

काठमाडौं : फिल्म ‘हल्कारा’ का निर्देशक विक्रम सापकोटाले हलको शो बाँडफाँडमा असन्तुष्टि जनाएका छन्। हलहरुले ‘हल्कारा’ लाई पर्याप्त र अनुकुल शो नदिएको भन्दै उनले आक्रोश पोखेका छन्।  

‘सिनेमाको अधिवक्ताको रूपमा, म सिनेमा हलहरू जीवित राख्नुको महत्त्वमा दृढ विश्वास गर्छु। तर, थिएटरहरूले सिनेमा हल्कारालाई बेवास्ता गर्दै यी चलचित्रका लागि प्रतिकूल र असामान्य प्रदर्शन समय दिने गरेको देखिन्छ। यो भेदभाव अस्वीकार्य छ,’ सापकोटाले फेसबुकमा लेखेका छन्।

आफूहरुले फिल्म राम्रो बनाए पनि हलहरुले अनुकुल शो टाइम नदिएर कमजोर पारिरहेको उनको गुनासो छ। ‘हामीले हलिउड र बलिउडका चलचित्रहरू जस्तै राम्रो चलचित्र निर्माण गरेका छौ। तर, थिएटरहरूले मानिसहरूलाई हेर्नको लागि अनुपयुक्त शो टाइमहरू अनुसूचित गरेर हाम्रो प्रयासलाई कमजोर पारिरहेका छन्।’

बिग मुभिज, एफ क्यूब सिनेमाज मल्टिप्लेक्स हलहरुले आइतबारदेखि 'हल्कारा' को शोहरु हटाएका छन्। साथै अन्य मल्टिप्लेक्स हलहरुमा पनि शो कटौति गरेको देखिन्छ। 

बिग मुभिजका सञ्चालक दिपेश शर्माले दर्शक नआउँदा हल्काराको शो हटाउन बाध्य भएको दाबी गरे। 'शुक्रबार र शनिबार हल्कारालाई हामीले दुई/दुई शोहरु दिएका थियौँ। तर, दर्शक नआएपछि शो उतार्न बाध्य भएका हौं,' उनले भने।

सापकोटाकै लेखन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगर मुख्य भूमिकामा छन्। यस फिल्मले गाउँमा चिठ्ठी पुर्‍याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावको कथालाई देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell