PahiloPost

Jun 15, 2026 | १ असार २०८३

काठमाडौंको टोखामा मध्य रातमा श्रीमतीको हत्या गरेको अभियोगमा समातिए निङ्मा



पहिलोपोस्ट

काठमाडौंको टोखामा मध्य रातमा श्रीमतीको हत्या गरेको अभियोगमा समातिए निङ्मा

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको अभियोगमा टोखा नगरपालिका-८ स्थित डेरा गरी बस्ने धनकुटाको कुरले घर भएका ५५ वर्षीय निङ्मा शेर्पालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

उनीहरूबिच मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा निङमाले कुटपिट गरेको प्रहरीले जनाएको छ। त्यही क्रममा मोतीमायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell