PahiloPost

Jun 15, 2026 | १ असार २०८३

कतार पुलिसको जागिर खान युवाले रुद्रबहादुरलाई बुझाए लाखौँ : रकम लिएपछि रुद्र भने फरार



पहिलोपोस्ट

कतार पुलिसको जागिर खान युवाले रुद्रबहादुरलाई बुझाए लाखौँ : रकम लिएपछि रुद्र भने फरार

काठमाडौं : विदेश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर ४ घर भएका  ४९ वर्षीय रुद्रबहादुर लिम्बुलाई पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीको लागि कतार पठाइदिने भन्दै रकम ठगी गरेको खुलेको छ।

उनले कतार पुलिसमा भर्ना गराई दिने र मासिक एक लाख रुपैयाँ तलब हुने भन्दै प्रतिव्यक्ति सात लाख रुपैयाँ उठाएका थिए। विभिन्न युवाहरुबाट ६९ लाख रुपैयाँ जम्मा गरेपछि उनी सम्पर्कविहीन भए। पीडित युवकहरु ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा पुगेका थिए।

त्यसपछि प्रहरीले रुद्रबहादुरलाई खोजी गरि पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell