काठमाडौंः दुई दिनअघि बसेको बढुवा समितिको बैठकले २२ जना नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गर्यो। कुनै उजुरी नपरेको खण्डमा सात दिनपछि उनीहरुले दर्ज्यानी चिन्ह लगाउने छन् । तर बढुवामा राम्रा प्रहरी अफिरलाई छोडेर विवादमा मुछिएका र कारबाहीमा परेका बढुवा गरेको भन्दै असन्तुष्टि बढेको छ।
बढुवा समितिले २२ जना डिएसपीलाई एसपीको लागि सिफारिस गरेको थियो। गौतमकुमार केसी, वसुन्धरा खड्का, अपिल बोहरा, हरिहर योगी लगायतका डिएसपी बढुवामा परेका छन्। केसी, खड्का, बोहरा, योगी भने अघिल्लो पटक बढुवामा छुटेका अफिसर हुन्।
बढुवमा परेका डिएसपी श्यामकुमार खत्री, मिलन केसी,रुपेश खड्का भने नसिहत पाएका प्रहरीमा पर्छन्। श्यामकुमार राई भने महानगरीय प्रहरी वृत बौद्धमा हुँदा अख्तियारले घुससहित रंगेहात समातिएका थिए। विशेष अदालतले उनलाई सफाइ दिएको थियो।
त्यस्तै केही राम्रा अफिसर बढुवामा छुटेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं मुद्दा शाखामा कार्यरत निरञ्ज भट्ट बढुवा सिफारिसमा परेका छैनन्। उनी अहिले चर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा जुटेका छन्।
त्यस्तै महानगरीय प्रहरी वृत महाजगञ्जका प्रमुख डिएसपी अंगुर जिसी पनि बढुवामा समेटिएनन्। जिसी राम्रा प्रहरी अफिसरमा गनिन्छन्। वृत सम्हाल्दा उनको कामको प्रशंसा गर्दै सम्मान समेत पाएका थिए।
नेपाल प्रहरीले ६७औँ दिवसमा नेपाल प्रहरीको कार्यक्षमता मूल्याङ्कनमा आन्तरिक व्यवस्थापनतर्फ सम्पादित काम कारबाहीहरूमा महाजगंज वृत्त उत्कृष्ट भएको थियो।