PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु



रासस

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु
प्रतीकात्मक फाइल फोटो।

त्रिवेणी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको मध्यविन्दु नगरपालिका-२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु-२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरो टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो। आइतवार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell