PahiloPost

May 24, 2026 | १० जेठ २०८३

टर्कीएको राष्ट्रपतिमा एर्डोगन जित्नेमा ढुक्क हुँदा प्रतिस्पर्धी दोस्रो चरणको मतदानको आशामा



पहिलोपोस्ट

टर्कीएको राष्ट्रपतिमा एर्डोगन जित्नेमा ढुक्क हुँदा प्रतिस्पर्धी दोस्रो चरणको मतदानको आशामा
Photo : Reuters

टर्कीएमा नयाँ राष्ट्रपति चयनका लागि फेरि मतदान हुनसक्ने अनुमान गरिएको छ। ९० प्रतिशत मत गणना सकिसक्दा राष्ट्रपति रेसिप तैएप एर्डोगनर उनका मुख्य प्रतिस्पर्धी केमल केलिकडरोग्लुले रा निर्वाचितमा हुन बहुमत भोट पाउन सकेका छैनन्।

अब यी दुई नेताबिच को राष्ट्रपति हुने भन्ने फैसला दोस्रो चरणको मतदानबाट हुन सक्ने अनुमान गरिएको छ।

एर्डोगन सन् २००२ देखि सत्तामा छन्। उनी हाल ४९.४९ मत सहित अगाडि छन्। उनले भने आफू जित्ने बताइरहेका छन्। केलिकडरोग्लुले भने ४४.७ प्रतिशत मत ल्याएका छन् हालसम्म। उनले भने दोस्रो चरणको निर्वाचनमा जाने बताइरहेका छन्।

संसदमा भने एर्डोगनकै पार्टीले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell