PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

आजदेखि बढ्यो चिकित्सकहरुको परामर्श शुल्क, ४२० देखि ९४० रुपैयाँ सम्म तोकियो



पहिलोपोस्ट

आजदेखि बढ्यो चिकित्सकहरुको परामर्श शुल्क, ४२० देखि ९४० रुपैयाँ सम्म तोकियो

काठमाडौं : नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ। संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए।

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क  ४२० रुपैयाँ देखि ९४० रुपैयाँ सम्म तोकिएको बताए। नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस तथा बिडिएस तहका चिकित्सकको शुल्क ४२० रुपैयाँ र पाँच वर्षभन्दामाथि अनुभव भएकाको ५१५ तोकिएको हो।

यस्तै, अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको ५९० रुपैयाँ र त्योभन्दा बढी छ भने ६७० रुपैयाँ तथा  पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडिएस तहका चिकित्सकको ७५० रुपैयाँ  र पाँच वर्ष बढी अनुभव भएको ८०० रुपैयाँ शुल्क तोकिएको छ ।

यस्तै, पाँच वर्षसम्मको अनुभव भएका डिएम-एमसीएच तहका चिकित्सकको  ८८० रुपैयाँ तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी-एमसीएच  तहका चिकित्सकको ९४० रुपैयाँ र १० वर्ष भन्दामाथिको अनुभव भएका एमडी-एमएस-एमडिएसका चिकित्सकको ९४० रुपैयाा शुल्क निर्धारण गरिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell