A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.699775aaac3fc4.30565387): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.699775aaac3fc4.30565387,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बेड नं ४ : उपचार खर्च नपाएर छटपटाइरहेकी अनु
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

बेड नं ४ : उपचार खर्च नपाएर छटपटाइरहेकी अनु



पहिलोपोस्ट

बेड नं ४ : उपचार खर्च नपाएर छटपटाइरहेकी अनु

पोखरा : बेडमा अचेत पल्टिरहेकी २२ वर्षिया छोरी। छोरी छोडेर यताउति डुलिरहेकी आमा चन्द्रकुमारी पुन। कोल्टे फेर्दा छोरीले आमाको साथ खोजिहाल्छिन्। चन्द्रकुमारी छोरीको हात समाउन पुग्छिन्।

घाँस काट्न जाँदा म्याग्दीको धौलागिरी गाउँपालिका ३ पात्लेको भिडबाट लडेर घाइते भएकी हुन् चन्द्रकुमारीकी छोरी अनुकुमारी रोका मगर। वैशाख २६ गते घाइते भएकी अनुलाई दरबाङ प्राथमिक उपचार केन्द्रमा लगियो। केन्द्रले २७ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गर्‍यो। दरबाङबाट २७ गते पोखरा आइपुगेका उनीहरुलाई पश्चिमाञ्चल अस्पतालले गण्डकी मेडिकल कलेज (जिएमसी) रिफर गर्‍यो। आईसीयूमा बेड खाली नभएकाले उनीहरुलाई जीएमसी रिफर गरिएको थियो।

आईसीयूमा राखेर जीएमसीले उपचार थाल्यो अनुको। तर, भोलिपल्ट परिवार आफैँले उपचार खर्च व्यहोर्ने नसक्ने भनेर आईसीयूबाट निकाल्यो। दैनिक ६ हजार आईसीयू खर्च, त्यसबाहेक औषधीको खर्च। आर्थिक अवस्था कमजोर भएको उनको परिवारलाई उपचार खर्च जुटाउन सकस पर्‍यो।

त्यसैले परिवारकै कुरा सुनेर अस्पतालले सर्जिकल वार्डको बेड नं ४ मा सारेको छ जहाँ अनु पीडाले छट्पटिरहेकी छिन्। छोरीको खर्च जुटाउन आमा चन्द्रकुमारी यताउति डुलिरहेकी हुन्छिन्। बेड छेउकै अन्य बिरामीका कुरुवासँग सहयोगका लागि हात जोडिरहेकी छिन्।

'मसँग पनि पैसा छैन। उसँग पनि पैसा छैन। आईसीयूमा राखेको उपचार हुने भनेर पैसा नपुगेर निस्किएँ। अहिलेसम्म ५५ हजारभन्दा बढी खर्च भयो। यहाँ सहयोग उठाएको छु। आउने बेला २५ हजार ज्वाइँले ल्याउनुभएको थियो। ३० हजार मैले ल्याएको थिएँ,’ चन्द्रकुमारीले भनिन्।

गाउँमा भैँसी पालेर दूध घिऊ बेचेको पैसा बोकेर आएकी थिइन् उनी। ज्वाइँ विकल मगरको रोजगारी छैन। गाउँमा नै ज्याला मजदुरी गर्छन्। काम पाए आम्दानी हुन्छ। नत्र स्रोत छैन। आउँदा २५ हजार बोकेर आएका थिए उनले पनि। जुन सबै उपचार खर्चमा सकिसकेको छ।

आजसम्म अस्पतालमा भेटिएका सहयोगीका कारण नै उपचार चलिरहेको छ। तर, बिरामीको अवस्था आईसीयूमा राखेर उपचार गर्नुपर्ने छ। उपचार गर्ने नसकेको अवस्थामा आईसीयू उनीहरुका लागि परको कुरा बनेको छ।

'बिरामीको पूरा होश छैन। आईसीयूमा राख्नुपर्ने बिरामी हो,’ उपचारमा खटिएकी एक नर्सले भनिन्। अस्पतालमा भेटिएका सहयोगी बाहेक सहयोग गर्ने कोही छैनन् चन्द्रकुमारीलाई। उनका श्रीमान अर्को बिहे गरेर सदरमुकाम बेनी बस्न थालेको वर्षौ भइसक्यो। जसोतसो आफनो र दुई सन्तानको ज्यान धानिरहेकी चन्द्रकुमारीलाई छोरी अनुको पीडाले थप बिचल्लीमा पारेको छ।

यता, अनुको श्रीमानको अवस्था पनि उस्तै। पीडामा छटपटाइरहेकी श्रीमती। घरमा छोडेर आएका दुई काखे सन्तान। आठ महिनाकी दूधे छोरी बजैको जिम्मा लगाएर श्रीमतीको उपचारको लागि पोखरा झरेका विकल पनि अलपत्र छन्।

'हिजो अस्पतालमा नै बेलुका ११ हजार उठ्यो। दिउँसो ८ हजार उठेको थियो। अहिले सबै यतिउति केही भनेको छैनन्। दिनदिनै खर्च भएको छ। दबैपानी दिनदिनै आएको छ। भर्खर दबई आएको छ नि त्यसको मैले पैसा दिएको छैन,’ नर्सले ल्याइदिएको औषधी देखाउँदै चन्द्रकुमारीले भनिन्।

सामान्य उपचारका लागि खर्च समेत नभएको समयमा अपरेशन गर्नुपर्ने बाध्यता छ। उनका श्रीमान विकलका अनुसार चिकित्सकले टाउको अपरेशन गर्नुपर्ने बताएका छन्। त्यसैले परिवारले सहयोगको याचना गरेका छन्। सहयोग गर्न चाहनेका लागि दिन उनीहरुसँग बैंक खाता नम्बर पनि छैन। छ त चन्द्रकुमारीको मोबाइल नम्बर मात्र - ९८६४३७६१६१।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell