PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

जिप दुर्घटना हुँदा गोरखामा एक जनाको मृत्यु, पाँच जना घाइते



रासस

जिप दुर्घटना हुँदा गोरखामा एक जनाको मृत्यु, पाँच जना घाइते

गोरखा : गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ। जिल्लाको गण्डकी गाउँपालिका-६, घौचुरमा बा ०१-०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा परी गण्डकी गाउँपालिका-६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो। काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते भएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए।

उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए। घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा छन्। घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिं थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell