PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चुनदेवीको फर्निचर कारखानामा आगलागीबाट दुई करोडको क्षति



पहिलोपोस्ट

चुनदेवीको फर्निचर कारखानामा आगलागीबाट दुई करोडको क्षति

काठमाडौं : भक्तपुरको चुनदेवीस्थित दाजुभाइ फर्निचर कारखानामा आइतबार राति आगलागी हुँदा दुई करोड रुपैयाँको क्षति भएको छ।

आइतवार राति सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेवीस्थित दाजुभाइ फर्निचर कारखानामा आगलागी भएको थियो। वर्षा र हावाहुरीबिच आगो लागेपछि प्रहरी र अग्नी नियन्त्रणको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट करिब २ करोड जति क्षति पुगेको र सँगै रहेको घर समेत जलेर करोडौंको नष्ट भएको घरधनी श्याम चौगुठीले बताएका छन्। आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आगलागीको घटनाबारे जानकारी लिएका छन्। त्यहाँ पुगेर उनले पीडित परिवारप्रति सहानुभूति व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell