PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

व्यवस्था बदल्यौं, अब अवस्था बदल्नमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड



पहिलोपोस्ट

 व्यवस्था बदल्यौं, अब अवस्था बदल्नमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सरकारको ध्यान अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै दिगो आर्थिक विकास र समृद्धि हासिल गर्नेतर्फ केन्द्रित रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल राष्ट्र बैंकद्वारा आयोजित 'अर्थतन्त्रको वर्तमान चुनौती तथा समाधानका भावी कार्यदिशा' कार्यक्रममा सम्बोधन गर्दे उनले हरेक क्षेत्रमा आमूल परिवर्तन र संरचनात्मक रुपान्तरणको आवश्यकता रहेको बताएका हुन्।

'विदेशी मुद्राको सञ्चिति पनि बढेको छ। त्यसैगरी तरलता र ब्याजदर लगायतका अन्य कतिपय परिसूचकहरुमा समेत सुधार आएको छ,' उनले भने।

प्रचण्डले राजनीतिक क्षेत्रमा महत्वपूर्ण परिर्वतन हसिल गर्न सफल भए पनि जनताको आर्थिक-सामाजिक स्तरमा परिवर्तन हुन नसकेको स्वीकारे।

'यसबाट आम-जनमानसमा एक प्रकारको निरासा र वितृष्णा पैदा भएको साँचो हो। जुन विभिन्न माध्यमहरुबाट प्रकट भइआएको हामीले देखेका र महसुस गरेका छौं। हामीले व्यवस्था त बदल्यौं, अब हामी अवस्था बदल्नमा केन्द्रित हुनुपर्दछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell