PahiloPost

May 24, 2026 | १० जेठ २०८३

यो व्यवस्थाले शिक्षालाई व्यापार बनाइदियो : विप्लव



पहिलोपोस्ट

यो व्यवस्थाले शिक्षालाई व्यापार बनाइदियो : विप्लव

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको व्यवस्थाले शिक्षालाई व्यापार बनाएको बताएका छन्। विद्यार्थी दिवस र अबको बाटो कार्यक्रममा सम्बोधन गर्दे उनले भने, 'यो व्यवस्थाले शिक्षालाई व्यापार बनाइदियो।'

उनले नक्कली भुटानी शरणार्थी प्रकरणलाई इंगित गर्दै मन्त्रीहरु नै जेलमा पुगेको बताए।

'मन्त्री भएकाहरू आज कौडीका भए। अहिले जेलको छिँडीमा छन्,' उनले भने।

रेमिटेन्समा रमाउने देश दुई कौडिको हुने पनि उनले बताए।

आफू उद्योग खोल्ने तयारीमा लागेको भन्दे उनले नयाँ गगांलालको देशलाई आवश्यकता रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell