PahiloPost

May 24, 2026 | १० जेठ २०८३

टोपबहादुरलाई हिरासतमा राख्न प्रहरीले पायो अनुमति, खाणको बयान सकिएन आज



पहिलोपोस्ट

टोपबहादुरलाई हिरासतमा राख्न प्रहरीले पायो अनुमति, खाणको बयान सकिएन आज

काठमाडौं : आइतबार साँझ पक्राउ परेका एमाले सचिव एवम् पूर्वउप प्रधानमन्त्री टोपबहादुर रायमाझीलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप गरेको हो। सोमबार दिउँसो रायमाझीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अदातलमा हाजिर गराएको थियो।

त्यस्तै ६ दिनपछि कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सुरु भएको छ। सोमबार बिहान करिब ११ बजेदेखि २ बजेसम्म सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिएको हो। बयान नसकिएकाले भोलि पनि बयान हुने छ। खाणलाई प्रहरीले वैशाख २७ गते पक्राउ गरेको थियो।

दुबै पूर्वमन्त्रीहरुलाई नक्कली भुटानी शरणनार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell