हेटौंडा : वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको बैठक आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले वाग्मती प्रदेश मन्त्रिपरिषदबाट सिफारिस भई आएबमोजिम यही जेठ ९ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका हुन्।
नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश प्रमुख शर्माको सचिवालयले जनाएको छ।