PahiloPost

Nov 22, 2024 | ७ मंसिर २०८१

पूर्वसभासद शेर्पा प्रहरीको सम्पर्कमा



रासस

पूर्वसभासद शेर्पा प्रहरीको सम्पर्कमा

काठमाडौंः नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन्।

घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उनी आफैँ परिसरमा आएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

शेर्पाले शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो।

उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell