PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

आज पनि देशका पहाडी भू-भागहरुमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना



पहिलोपोस्ट

आज पनि देशका पहाडी भू-भागहरुमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ।

मंगलवार राति कोशी प्रदेशलगायत वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell