
सन् २०२१ मा बलिउड फिल्म '८३ क्रिटिकको नजरमा भने निक्कै अब्बल ठहरिँदा बक्स अफिसमा भने जम्न असफल रह्यो। स्पोर्टस् जेनराको फिल्ममा एउटा वर्गले भने निक्कै रुचायो। भारतीय क्रिकेटर कपिलदेवको खेल जीवनमा आधारित फिल्मले अहिले फेरि चर्चामा आएको छ।
चर्चामा आउनुको कारण हो रणवीर कपुर स्टारर फिल्म लन्डनको लर्डस् क्रिकेट ग्राउन्डमा देखाइँदैछ। क्रिकेटरका लागि मक्का मानिने लर्डस् क्रिकेट ग्राउन्डमा प्रदर्शन गर्न लागिएको यो पहिलो फिल्म हो।
फिल्म '८३ को स्क्रिनिङ १४ र १६ जुलाइमा हुने जनाइएको छ। दुई दिन दुई सो ११ बजे र ४ बजेका लागि तय गरिएको छ। फिल्म निर्देशक कविर खानका अनुसार लन्डनबाट नै फिल्म रिलिजका लागि अप्रोच भएको हो। फिल्मको सुटिङ लर्डस् क्रिकेट ग्राउन्डमा नै गरिएको थियो। फिल्म सुटिङ भएकै ठाउँमा फिल्म रिलिज गर्ने ट्रेन्ड पछ्याउँदै यहाँ प्रदर्शनको तयार हुन लागेको हो। कविर खानले त फिल्म सोलाई दुई दिनक पिकनिकजस्तै रमाइलो हुने बताएका छन्।
फिल्म '८३ सन् १९८३ को वर्ल्ड कपमा आधारित छ। पहिलो पटक भारतले विश्वकप जितेको त्यही प्रतियोगिताबाट हो। कपिलदेवको भूमिकामा रणवीर कपुर छन्। वर्ल्ड कप जितेको ४० वर्षपछि लर्डस् मैदानमा फिल्म देखाउन लागिएको हो। सबैभन्दा कमजोर मानिएको भारतीय टिमले अप्रत्यासित हिसाबमा फाइलनमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो।
रणवीरका अलावा फिल्ममा दीपिका पदुकोण, पंकज त्रिपाठी लगायतको भूमिका छ।