PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

हिरासतको ट्वाइलेटमा लड्दा कांग्रेस नेता शेर्पा घाइते, आज पूर्व गृह मन्त्री खाणको बयान



पहिलोपोस्ट

हिरासतको ट्वाइलेटमा लड्दा कांग्रेस नेता शेर्पा घाइते, आज पूर्व गृह मन्त्री खाणको बयान

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व सभासद आङटावा शेर्पा घाइते भएका छन्।

आज बिहान हिरासत कक्षको ट्वाइलेटमा लडेर शेर्पा घाइते भएका हुन्। घाइते शेर्पालाई उपचारको लागी वीर अस्पताल लगिएको थियो। उपचारपछि पुनः हिरासतमा ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

'उहाँ बाथरुपमा लडेर सामान्य चोट लागेको थियो। अहिले उपचार गरेर ल्याइसकिएको छ,' एसपी रिजालले भने।

शरणार्थी प्रकरणमा उनी सोमवार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं पुगेर आत्मसर्पण गरेका हुन्। शेर्पाले त्यही प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो। त्यसपछि प्रहरीले उनलाई अनुसन्धानको घेरामा राखेको थियो।

उक्त प्रकरणमा अहिलेसम्म पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

आइतवार साँझ पक्राउ परेका रायमाझीको हिजो नै सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ। तर, बालकृष्ण खाणको भने बयान बाँकी रहेको छ। आज नै खाणको बयान गरिने प्रहरीले जानकारी दिएको छ। प्रहरीले अनुसन्धान गर्ने समय घर्किँदै जाँदा बयान लगायत अन्य काम बाँकी नै रहेको छ।

क्कली शरणार्थी प्रकरणमा प्रहरीले दुलाल र भण्डारीसहित टंक गुरुङलाई पक्राउ गरी चैत १२ सार्वजनिक गरेको थियो। शेर्पाले हिरासतमा रहेका दुलाल र भण्डारीलाई भेट्नुका साथै खाणले बुझेको रकम पीडितलाई फिर्ता दिने आश्वासन समेत दिएको प्रहरी स्रोतको दावी छ। देउवा निकट आङटावा खाणसँग नजिक रहेर विभिन्न व्यवसायमा संलग्न रहँदै आएको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

खाणलाई केशव दुलालमार्फत १ करोड २५ लाख रकम बुझाएको प्रहरीको दाबी छ। रामेछाप गोकुलगंगा गाउँपालिका – १, चुचुरेका शेर्पा २०७० को संविधानसभा निर्वाचनमा रामेछाप १ बाट निर्वाचित भएका थिए।

निर्माण व्यवसायीसमेत रहेका आङटावाको रामेछापका विभिन्न हाइड्रोमा समेत लगानी देखिन्छ।

'फस्ट क्लास ठेकेदार हुन्। उनको हाइड्रोपावरमा पनि लगानी छ,' रामेछापका एक कांग्रेस नेताले भने, 'देउवाले पार्टी फुटाउँदा जिल्ला सभापति भएका उनलाई रामेछापमा राम्रै नेता मानिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell