PahiloPost

Jun 15, 2026 | १ असार २०८३

घरको गेट बाटोतिर खोल्ने गरि नराख्नु : ललितपुर महानगर



पहिलोपोस्ट

घरको गेट बाटोतिर खोल्ने गरि नराख्नु : ललितपुर महानगर
फाइल फोटो

काठमाडौं : ललितपुर महानगरपालिकाले घरका गेटहरु सार्वजनिक बाटोतर्फ खोल्ने गरि नराख्न आग्रह गरेको छ।

केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पती अतिक्रमणमा उद्धत भई आफ्नो घरको गेट समेत सार्वजनिक बाटो तर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोमा प्रयोग गरि सर्वसाधारणलाई समेत अवरोध सृजना गर्ने गरेको पाइएकोले महानगरपालिले यस्तो निर्णय गरेको हो।

महानगरपालिकाले कानून विपरितका यस्ता अनैतिक कार्यहरु गरे कारवाही गर्ने जनाएको छ।

'यो सुचना प्रकाशन भएको मितिले पैतिस (३५) दिन भित्र सम्बन्धित व्यक्तिहरुले जिम्मेवार नागरिकका हैसियतले आफै सुधार गर्नु हुन अनुरोध छ। यदि पैतिस (३५) दिन भित्र सम्बन्धित व्यक्तिहरुले आफै सुधार नगरेमा ललितपुर महानगरपालिकाद्वारा कारवाही भई जाने व्यहोरा जानकारी गराइन्छ,' महानगरले आज जारी गरेको सूचनामा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell