PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

आरजुबारे मिडिया ट्रायल भयो, मञ्जुलाई पार्टीले फलो गर्दैन : नेपाली कांग्रेस



पहिलोपोस्ट

आरजुबारे मिडिया ट्रायल भयो, मञ्जुलाई पार्टीले फलो गर्दैन : नेपाली कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने जनाएको छ। आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएको भन्दै निष्पक्ष छानबिनको हुनुपर्ने बताएका हुन्।

उनले यही प्रकरणमा पक्राउ गरेका पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको बताउँदै आएकाले पार्टीले प्रहरीको अनुसन्धान निष्कर्ष कुर्ने पनि बताए।

'बालकृष्णजी पर्नु भएको छ। यसको निष्कर्ष आओस् न। उहाँले निर्दोष छु भन्नुभएको छ। निष्पक्ष अनुसन्धान होस् भन्ने कांग्रेसको धारणा हो,' उनले भने।

पार्टी सभापति शेरबहादुर देउवाले अनुसन्धानमा सघाइरहेको बताएका छन्। तर उनकी पत्नी आरजुको नाम यसमा मुछिएको छ अडियो टेप मार्फत्।

देउवा पत्नी आरजु देउवाको अडियो प्रकरणबारे महतले भने, 'अडियो प्रकरण नक्कली हो भन्ने हाम्रो विश्वास हो।' आरजु यही प्रकरणमा प्रतिरक्षामा उत्रिएको बताउँदै महतले अहिले मिडिया ट्रायल गरेर फसाउने काम भइरहेको बताए।

'यो मिडिया ट्रायल गरेर दोषी हो त भन्नुभएन नि। सामाजिक सञ्जालले दोषी हो भन्दैमा कोही दोषी हुन्न,' महतले भने।

यस्तै, उनले बालकृष्ण खाणकी श्रीमती मञ्जु खाणको अवस्थाबारे पार्टीले 'फलो नगर्ने' पनि बताए। 'मञ्जु खाणबारे पार्टीले फलो गर्दैन। कहाँ हुनुहुन्छ भनेर,' उनले भने।

बालकृष्ण पक्राउ परेपछि मञ्जुको अवस्था अज्ञात छ।

मञ्जु कहाँ छिन्? बालकृष्णलाई हिरासतमा हेर्नधरी गइनन् !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell