PahiloPost

May 24, 2026 | १० जेठ २०८३

नीति अधिवेशन गर्ने कुरा हुँदैछ : प्रकाशशरण महत



पहिलोपोस्ट

नीति अधिवेशन गर्ने कुरा हुँदैछ : प्रकाशशरण महत

काठमाडौं : नेपाली कांग्रेसले पार्टीमा नीति अधिवेशन गर्ने बारे छलफल भइरहेको जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन्।

'नीति अधिवेशन गर्ने कुरा हुँदैछ,' महतले भने।

कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा विशेष अधिवेशन हुनुपर्ने माग गरिरहेका छन्। महतले भने यस विषयमा पदाधिकारी बैठकमा कुरा नउठेको बताए।

'पदाधिकारी बैठकमा उहाँहरुले कुरै उठाउनुभएको छैन। विशेष अधिवेशनबारे। भेटघाट भइरहने कुरा सामान्य हो,' उनले भने।

हयस्तै, उनले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बसिरहेको र केन्द्रीय समिति बैठक पनि बस्ने जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell