PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

मधेश प्रदेश सभा बैठक आज बस्दै, खेलकुद विकास सम्बन्धी विधेयक प्रस्तुत गरिने



पहिलोपोस्ट

मधेश प्रदेश सभा बैठक आज बस्दै, खेलकुद विकास सम्बन्धी विधेयक प्रस्तुत गरिने

जनकपुरधाम : मधेश प्रदेशसभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशनको नवौं बैठक बस्न लागेको जानकारी दिएका हुन्।

आजको बैठकमा महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री सरोजकुमार यादवले ‘प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेशसभा बैठकको पूर्वसन्ध्यामा सोमबार राति नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नेकपा एमाले आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहने एमाले संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिए।ब



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell