PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते



पहिलोपोस्ट

दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते

काठमाडौं : दैलेखमा चट्याङ लागेर एकै परिवारका चारजना घाइते भएका छन्।

डुङ्गेश्वर गाउँपालिका-२ लाँकुरीमा गए राति सुतिरहेका बेला चट्याङ लागेर २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

घाइते चारैजनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको राति नै उद्धार गरिएको थियो। चारैजना खतरामुक्त रहेको दैलेख अस्पतालका प्रमुख डा धर्मराज रेग्मीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell