PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न



पहिलोपोस्ट

नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न

काठमाडौं : नेपाल-युरोपियन युनियन फिल्म फेस्टिभलको १२ औं संस्करण सम्पन्न भएको छ। बैशाख १५ गते महेन्द्रनगरबाट सुरु भएको फेस्टिभल काठमाडौंमा समापन गरिएको हो।

चलचित्र विकास बोर्डमा डेभिड फ्रेन निर्देशित फिल्म ‘मित्र’ प्रदर्शनसँगै सोमबार फेस्टिभलको समापन गरिएको थियो।

युरोपियन युनियनको आयोजनामा भएको यसपटकको फेस्टिभल नेपालका तीनवटा प्रदेशमा भएको थियो।

महोत्सवको पहिलो चरण बैशाख १५ देखि १७ गतेसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा र दोस्रो चरण बैशाख २० देखि २२ गतेसम्म कर्णाली प्रदेशको मध्यपश्चिम विश्वविद्धालय सुर्खेतमा भएको थियो। त्यसैगरि, अन्तिम समारोह भने बैशाख २९ गतेदेखि जेठ १ गतेसम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा संचालन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell