PahiloPost

Jun 15, 2026 | १ असार २०८३

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने



पहिलोपोस्ट

चलचित्र विकास बोर्डले ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। बोर्डमा आज बसेको बैठकले आगामी असार १ गतेदेखि ३ गतेसम्म दाङमा महोत्सव गर्ने निर्णय गरेको हो।

महोत्सवको संयोजकमा प्रवक्ता के. एल. बुढाथोकीलाई तोकिएको छ। बालबालिका सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरु महोत्सवमा प्रदर्शनी हुनेछन्। साथै, चलचित्रबारे हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी र फोटो प्रदर्शनीका साथै चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ।

महोत्सवकै क्रममा जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell