PahiloPost

Jan 13, 2025 | २९ पुष २०८१

वाग्मती प्रदेशमा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुँदै



पहिलोपोस्ट

वाग्मती प्रदेशमा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुँदै

हेटौंडा : वाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दोस्रो प्रदेश खेलकुद प्रतियोगिता हुने भएको छ। १३ खेलमा २१९ स्वर्णका लागि प्रदेशका १३ जिल्लाबाट २ हजार ५०२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता यही जेठ ७ गतेबाट सुरु हुनेछ।

मंगलबार सामाजिक विकास मन्त्रालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य सचित सूर्यलाल भण्डारीले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बताए। प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो खेल आयोजना हुनेछन्। खेलकुदका अधिकांश कार्यक्रम हेटौंडामा गरिने र अरु बाँकी भने चितवन र काठमाण्डौंमा गरिने भएको छ।

प्रतियोगिता आयोजनाका लागि ९ करोड ४२ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिता आयोजनाका लागि विभिन्न समितिहरु निर्माण गरिएको सदस्य सचिव भण्डारीले जानकारी दिए। वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मुक्तानले विभिन्न खेलकुद प्रतियोगितासँगै प्रदेश सरकारले पूर्वाधार निर्माण पनि गरिरहेको बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell